२४ असार, नुवाकोट । नुवाकोटबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस ककनीमा माथिबाट खसेको ढुंगाले च्यापिँदा ५ जनाको मृत्यु भएको छ ।
नुवाकोटको देउराली गाविसबाट काठमाडौं जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस बिहीबार ककनी गाविसको वडा नम्बर–१ सिस्नेरीमा आइपुग्दा माथिबाट ढुंगा खसेको हो ।
ढुंगाले च्यापिएर मृत्यु हुनेहरुमा बसका चालक रसुवा भोर्लेका प्रतिमान विक, हरेराम बस्नेत र राजु नेपाल रहेका छन् । अन्य दुईजनाको सनाखत हुन सकेको छैन ।
बसमा सवार अन्य ६ जनलाई उद्वार गरी उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक अरुणकुमार पौडेलले जानकारी दिए ।
ढुंगाले बस च्यापिएपछि केहीबेर नुवाकोट काठमाडौं सडक–खन्ड अवरुद्ध बनेको थियो ।











