२२ असार, भारत । विमानभित्र बम भएको सूचनाका आधारमा बैंककबाट इस्तानबुलका लागि उडेको टर्कीस एअरलाइन्सलाई दिल्लीमा आपलकालीन अवतरण गरिएको छ।
‘टिके–६५’ फ्लाइट नं. को विमानलाई मंगलबार अपरान्ह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको टर्किस एयरले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानभित्र बम रहेको भन्दै पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई सूचना दिएपछि आपतकालीन अवतरणका लागि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले अनुमति दिइएको थियो।
अवतरण लगत्तै विमानस्थल क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै कडा चर्कजाँच गरिएको साथै अग्नि नियन्त्रण टोलीका सदस्यहरु तैनाथ गरिएको थियो।
विमानमा १ सय ४८ यात्री सवार छन्। विमानमा तालिम प्राप्त कुकुरसहितको टोलीले खोजतलास गरिरहेको छ। एजेन्सी












