२२ असार, काठमाडौं । नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्न माग राख्दै राप्रपा नेपालले मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ।
राजधानीमा भने राप्रपा नेपालले संविधानसभालाई घेराउ गरेको छ । केही बेर राप्रपा नेपालका कार्यकर्ताले वानेश्वरमा धर्ना दिएका थिए । धर्नापछि पार्टी अध्यक्ष कमल थापा र महामन्त्री चन्द्रबहादुर गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
घेराऊ गर्नका लागि पार्टीको जुलुस बबरमहलबाट नयाँ बानेश्वर चोकमा पुगेका थियो। प्रदर्शनकारी र सुरक्षााकर्मीबीच ठेलमठेल हुँदा केही बेर तनाव भएको थियो। नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। राजधानीबाहेक बाहिरका जिल्लामा पनि मंगलबार राप्रपा नेपालले जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ।
बहुमतको आडमा जनभावना विपरीतको संविधान ल्याउन लागिएको बताउँदै राप्रपा नेपालले हिन्दू राष्ट्र स्थापनाका लागि अन्तिम घडीसम्म पनि पार्टी लडिरहने प्रतिवद्धतासहित आन्दोलनको घोषणा गरेको हो।











