२२ असार, बाँके । बाँके जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका दुई अभियुक्तलाई १३ वर्ष कैद र जनही एक लाख जरिवानाको फैसला गरेको छ।
दुई वर्षअघि नेपालगन्जमा १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको घटनामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत बाँकेले नेपालगन्ज उपमहानगरपालिका इन्द्रपुरका अरुणपालसिंह ठकुरी र काशीराम कोरीलाई उक्त सजायको फैसला गरेको हो।
सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका दुबै जना अभियुक्तहरुले हाल जिल्ला कारागार बाँकेमा सजाय काटी रहेका छन।
जिल्ला अदालतका मुख्य न्यायाधीश हरिप्रताप केसीको एकल इजालसले २०७० कात्तिक १५ गते नेपालगन्जको धम्बोझी नजिक १७ वर्षिया किशोरीलाई सामुहिक बलात्कार गरेको ठहर गर्दै आठ बर्ष कैद र सामूहिक रुपमा जबरजस्ती करणीको महल ३ ९क० बमोजिम थप पाँच वर्ष गरी १३ वर्ष कैद सजाय र क्षतिपूर्ति वापत एकरएक लाख रुपैँया पीडितलाई भराइ दिने फैसला गरेको अदालतका श्रेस्तेदार आत्मराम जोशीले बताए।
मुलुकी ऐन ११ औं संशोधन २०५९ अनुसार १६ वर्षदेखि २० वर्ष उमेरसम्मको महिला बलात्कार आरोपितलाई पाँच वर्षदेखि हदैसम्म आठ बर्षको जेल सजायको व्यवस्था अनुसार आठ बर्ष फैसला भएको हो।
सामुहिक बलात्कार पछि अभियुक्तहरुले किशोरीसँग रहेको २५ हजार पाँच सय मूल्य बराबरको सुनको सिक्री, औठी, मोबाइलसमेत लुटेका थिए।
सामुहिक बलात्कारीका आरोपिलाई हदैसम्म अर्थात १३ वर्ष सजाय र पीडितलाई क्षतिपूर्तिवापत जनही एकरएक लाखका दरले दुई लाख रुँ“या भराउने फैसलाले पीडित र परिवारका सदस्यहरुले न्यायको महसुश गरेका छन्।
साथीसँग मोटरसाइकलमा जाँदै गर्दा ती किशोरी सामूहिक बलात्कारको सिकार भएकी थिइन्। ती किशोरीसँगै मोटरसाइकलमा रहेका साथीलाई नियन्त्रणमा लिई अभियुक्तहरूले सामूहिक बलात्कार गरेका थिए। सामुहिक बलात्कारको सो घटनामा संलग्न अर्का अभियुक्त सुरेश सिंह राठौर भने फरार छन्।













