२२ असार, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले व्यक्तिगत रुपमा पार्टी चलाएको आरोप माधव नेपाल पक्षले लगाएपछि ओलीले छलफलका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । वदनाम मन्त्री हरि पराजुलीको स्थानमा मनोमानी ढंगले अर्को व्यक्ति पठाए भूकम्प ल्याइदिने चेतावनी माधव नेपालले दिएपछि ओलीले आज स्थायी कमिटी बैठक बोलाएका हुन् ।
कृषिमन्त्रीमा कसलाई पठाउने भन्न निर्णय नभइसक्दै वामदेव गौतमले भने आफ्ना सहयोगीहरु मार्फत अर्का साढुभाइलाई मन्त्री बनाउन लागिएको हल्ला फैलाइसकेका छन् । तर माधव नेपाल पक्षले यो कुरालाई नस्वीकार्ने प्रष्ट देखिएको छ । पहिले योग्य नाम प्रस्तुत गर्ने र ती नाममाथि छलफल गरी अनुमोदन गर्नुपर्ने प्रस्ताव नेता नेपाल पक्षधरको छ ।
एमाले स्थायी कमिटीले सरकारको नीति तथा कार्यक्रम, बजेट, संविधानको मस्यादा लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।











