२१ असार, महोत्तरी । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्न खोज्ने ससुरालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । भरतपुर ८ का ५४ वर्षीय रामदुलाल चौरसियाले घरमै बुहारीलाई वलात्कार गर्न खोजेका थिए । घरमा बुहारी एक्लै भएको मौका रामदुलाल बुहारीमाथि जाइलागेपछि बुहारी होहल्ला गरेर भागेकी थिइन् । होहल्ला भएपछि सुसुरा पनि फरार भएका थिए । फरार चौरसियालाई केही समयमै प्रहरीले पक्राउ गरेको छ ।














