२१ असार, काठमाडौं । भूकम्पपछि चुस्त सेवामा सराहना पाएको टेलिकम क्षेत्र यति खेर भने समस्यामा परेको छ। भूकम्पले टावरमा धेरै ठूलो क्षति नपुर्याए पनि घरधनीले विभिन्न अवरोध सिर्जन गर्न थालेपछि केही समययता नेटवर्कमा समस्या मात्र देखिएको छैन, टावर व्यवस्थापनको समस्यासमेत चुलिँदै गएको छ।
घना बस्तीका कारण राजधानीका विभिन्न दूरसञ्चार कम्पनीले घर, अपार्टमेन्ट र सरकारी भवनहरूमा टावर राखेर सेवा सञ्चालन गर्दै आएका छन्। भूकम्पले केही भवनमा क्षति पुगेपछि घरधनीले डराएर टावर हटाउन दबाब दिन थालेका हुन्। हटाउन नसकिएका केही टावरका घरधनीले त ब्याट्री नै अफ गरिदिएका छन्। यसले नेटवर्कमा समस्या परेको छ।
खासमा बीटिएस टावर राख्दा घर झनै सुरक्षित हुने भनाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यको छ । कुनै पनि घरमा टेलिकमको बीटिएस टावर राखिएमा चट्याङ र भूकम्पबाट सुरक्षित रहने बताए । नबुझेर र त्रासले मात्रै मानिसकहरुले टावर हटाउन अनुरोध गरेको आचार्यले बताए ।
एनसेलको टावर राखिएका अधिकांश घरहरु चर्किएको रिपोर्ट आएको छ । एनसेलको टावर हटाउन भन्दा समेत कम्पनीले नमानेका कारण टावर नै अफ गरिदिएको घर मालिकहरुले बताएका छन् । नेपाल टेलिकिममा समेत कतिपय स्थानमा यतिवेला नेटवर्क समस्या आइरहेको छ ।











