२१ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक अवस्था बुझ्न प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्लाई भारत भ्रमणका लागि आमन्त्रण गरेका छन् । काँग्रेस, एमाले, एमाओवादी र मधेसी जानअधिकार फोरम लोकतान्त्रिकका बीचमा जेठ २५ गते राती १६ बुँदे सहमति गर्ने बेलामा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायको टेलिफोनलाई रेसपोन्स नगरेपछि मोदीले प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा गरेको स्रोतले बतायो ।
मोदीको विशेष सहयोगीको रुपमा उपाध्यायले प्रधानमन्त्री सुशील कोइराला, केपी ओली र प्रचण्डलाई १६ बुँदे सहमतिका बारेमा बुझ्न टेलिफोन गरेका थिए । कोइारल बाहेक ओली र प्रचण्डले उपाध्यायको टेलिफोन रेसपोन्स नगरेको स्रोतले बतायो । स्रोतका अनुसार १६ बुँदे सहमतिपछि मोदीले आफ्नो विदेश विभागसँग सम्बद्ध अधिकारीको बैठक डाकेर नेपालको परिवर्तित राजनीतिक अवस्थाको बारेमा समिक्षा गरेका थिए ।
भारत र नेपालका बीचमा त्रिदेशीय सहमतिपछि अघि बढेको संविधान निर्माण प्रक्रियाले नेपालमा राजनीतिक स्थिरता दिलाउँदै मोदीले भारत चीन र नेपालको बीचमा त्रिदेशीय समझदारी बनाएर अघि बढ्न उपयुक्त हुने तर्क राख्ने एमाओवादीका एक नेताले बताए ।











