१८ असार, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वकै कारण पार्टीमा वैचारिक स्पष्टता आएको दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले एक वर्षअघि भएको नवौं महाधिवेशनपछि पार्टीको लिङ्ग पहिचान भएको बताए । एमालेलाई लिङ्ग नभएको पार्टीका रुपमा आरोपित हुँदै आएकोमा एक वर्ष यता भने एमालेकै विचारले देश अगाडि बढेको दावी गरे ।
पछिल्लो अवस्थामा एमालेले जे बोल्यो त्यै राष्ट्रिय राजनीतीको एजेण्डा बनेको दावी समेत उनले गरे ।
पोखरेलले सरकारको नेतृत्वमा जान एमाले नहतारिएको तर राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाका कारण अबको १ महिनाभित्र सरकारको नेतृत्व लिने दावी गरे ।











