१९ असार, काठमाडौं । निजामति कर्मचारीका दुई ट्रेड युनियनबीच एकता भएको छ । नेपाल निजामति कर्मचारी संघ र नेपाल निजामति कर्मचारी युनियनबीच एकता भएको हो । एकतापछि गठित कार्यसमितिले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी एकता भएको बारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा दुवै कर्मचारी संगठनका पदाधिकारीहरुले एकीकरण सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । शनिबार अपरान्ह आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले फुटेर होइन जुटेर जनताको सेवा गर्न निर्देशन दिए । कर्मचारीहरुले ट्रेड युनियनको अधिकार लिन समेत एक भएर लाग्नुपर्ने बताए ।











