१८ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संघीयताको आफ्नो प्रतिबद्धतामा शंका नगर्न मधेस केन्द्रित दलहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार धुलिखेलमा बनेपा बर्दिबास सडक (बीपी राजमार्ग) को उद्घाटन कार्यक्रममा बोल्दै उनले संघीयताबारे सबैको साझा प्रतिबद्धता रहेको बताए ।
प्रदेशको सिमांकन र नामाकंनको कुरा नमिलेकै कारण ८ वर्षमा सविधान जारी हुन नसकेको भन्दै प्रधानमन्त्रीले त्यसमा पनि सहमति हुने दावी गरे । दलहरुका बीचमा सहमति भइसकेको भन्दै उनले संविधान आउन कसैले रोक्न नसक्ने बताए ।
देशमा शान्ति, लोकतन्त्र, स्थायित्व, अमनचयन भए देशले आर्थिक रुपमा समेत कोल्टे फेर्ने भन्दै उनले विकासको बाधक द्वन्द्व र आन्दोलन भएको तर्क गरे ।











