१८ असार, काठमाडौं । एमाओवादीका सभासदहरुले पार्टी नेतृत्वले आफ्नो एजेन्डा विपरीत गएर सहमति गरेकोमा आक्रोश पोखेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सभासदले १६ बुँदे सहमतिप्रति नेतृत्वको आलोचना गरे ।
ुआफ्नो एजेन्डा त लागु भएन भएन, विगतको सहमति पनि उल्टाएर सबै कुरा छाडेर किन सहमति गरेको रुु, सभासदहरुको नेतृत्वसँग प्रश्न थियो । सिमाकंन बिनाको संघीयतामा पार्टीले सहमति जनाएकोमा पनि उनीहरुले रोष प्रकट गरेका थिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको एजेन्डा लागु गराउन अहिलेको अवस्थामा संख्याले साथ नदिएको भन्दै आक्रोशित सभासदहरुलाई थुमथुमाउने प्रयास गरेका थिए । अहिले भएका सहमतिलाई उपलब्धी मान्दै जनतामा जाने र त्यहाँबाट प्राप्त सुझाव अनुसार विस्तारै परिमार्जन गर्दै जाने नेतृत्वको भनाई थियो ।











