१७ असार, काठमाडौं । भ्रष्टाचार गर्न र भ्रष्ट्राचारीहरुको नेतृत्व गर्न माहिर एमाले उपाध्यक्ष वामदेव गौतमका नातेदार तथा प्रिय पात्र हरि पराजुलीका कारण गौतमको गुट कस्ता व्यक्तिबाट बनेको छ भन्ने प्रष्ट भएको छ । कहिले विमानस्थलबाट गाडीका गाडी सुन तस्करी गरेर त कहिले डिबी कार्कीमार्फत घुस खाने गौतमकै सिफारिसमा कृषि मन्त्री बनेका हरि पराजुलीले रोपाईका गह्रामा महिलालाई अँगालो हाल्दै वक्षस्थलमा टाउको राख्न खोजेपछि यतिवेला एमालेलाई अर्को संकट आइलागेको छ ।
राखेपको सदस्य सचिव नियुक्तिमा आफ्नो मान्छे राख्न नपाउँदा खेलकुद मन्त्री हटाउन लागेका एमाले अध्यक्ष केपी ओली कृषि मन्त्रीको हर्कत देख्दा पनि चुप लागेर बसेका छन् । शान्ति सुरक्षा दिने तथा कानुन कार्यान्वयन गर्ने गृहमन्त्रालय सम्हालेर बसको बामदेव गौतम पनि आफ्ना नातेदार पराजुलीको क्रियाकलापप्रति बेवास्ता गरिरहेका छन् ।
प्रमुख विपक्षी एमाओवादीले भने कृषिमन्त्रीको क्रियाकलापप्रति आपत्ति जनाउँदै संसदमै स्पष्टीकरण मागेको छ ।
बुधबार बसेको संसद बैठकमा समय माग गरेर बोल्दै एमाओवादी नेता जनार्दन शर्माले पराजुलीको यस्तो व्यवहारले समग्र महिलाको अपमान गरेको बताए ।
पराजुलीले गरेको व्यवहार सामाजिक मर्यादा र सदाचार विपरित रहेको बताउँदै नेता शर्माले नेपालीको शीर निहुराउने काम गरेको टिप्पणी गरे ।
यसैगरी नेपाल मजदुर किसान पार्टीको नेतृ अनुराधा थापाले मन्त्री पराजुलीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेकी छन् ।
पराजुलीलाई मन्त्रीबाट बर्खास्त गरी कानुनी कारवाही गर्नुपर्ने माग सर्वत्र उठेको छ ।
कार्यथलोमा हुने यौजनन्जय दुव्र्यवहार निवारण ऐन २०७१ अनुसार पराजुलीले गरेको यौन दुव्र्यवहारका कारण उनलाई जेल तथा जरिवाना सजायँ हुनुपर्ने कानुनविदहरुले बताएका छन् । कानुनअनुसार उनलाई ५० हजार जरिवाना र ६ महिनासम्म जेल सजायँ गर्ने व्यवस्था छ ।











