१३ असार, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले पहिलोपल्ट प्रयोगमा ल्याएको ग्रेडिङ प्रणालीअन्तर्गतको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सो प्रणालीअन्तर्गतको एसएलसी प्राविधिकतर्फको नतिजा आज सार्वजनिक गरेको हो ।
एसएलसी नतिजा सार्वजनिक भएको एक सातापछि प्राविधिकतर्फको पनि नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस ग्रेडमा २१५ जना उत्तीर्ण भएका छन् । ए ग्रेडमा ७७९, बी मा २१३१, सी मा १२४ र डी मा १ जना उत्तीर्ण भएका छन् । ई ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको संख्या शून्य छ ।











