१३ असार, काठमाडौं । जमीम साहको हत्यामा सम्लग्न रहि फरार भएका नेपाल प्रहरीका पूर्वडिएसपी जगदिश चन्दलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले पक्राउ गरेको छ।
चन्दलाई काठमाडौंको बानेश्वरबाट शनिबार साँझ महाशाखाको टोलीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
पूर्व डीएसपी जगदीश चन्दलाई आज अदालतमा उपस्थित गराइएको छ । उनलाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो । चन्दविरुद्ध ईन्टरपोलमा समेत रेडकर्नर नोटिस जारी गरेको थियो । २०६६ माघ २४ गते ४७ वर्षीय शाहको काठमाडौंको लाजिम्पाटमा गोली हानी हत्या भएको थियो ।
प्रहरी उच्च अधिकारीसँग चन्दको उठबस रहेको र त्यत्तिका दिनसम्म उनी लुकेर बस्न सफल भएको स्रोतले जनायो। उनी कहिले दिल्ली, लखनउ र कहिले काठमाडौंमा लुक्दै आएका थिए।
नक्कली सर्टिफिकेटको भरमा प्रहरीमा भर्ना भएको पुष्टी भएपछि उनले जागिर छाड्का थिए। जमिम हत्यामा सहयोग गरेको अभियोगमा कारागारमा रहेका नेपाल प्रहरीका सई प्रकाश क्षेत्री बब्बुसँगको फोन सम्पर्ककै आधारमा २०६६ माघ २९ गतेनै पक्राउ परेपनि जगदिश भने फागुन १८ गतेसम्म खुल्लै हुँदा समेत पक्राउ परेका थिएनन्।
नर्भिकमा अस्पतालमा काम गर्दै गर्दा साह मारिएपछि उनी एक महिनाको बिदा स्वीकृत गराएर फागुन १८ गतेवाट फरार भएका थिए। जमिम हत्याको योजनासहित नेपालमा आएको भारतीय अपराधी बब्लु श्रीवास्तवका मुख्य सहयोगी बब्बुलाई सेल्टरको व्यवस्था गर्ने, उच्च प्रहरी अधिकारीहरु भेटाउने काम उनले गरेका थिए।











