१२ असार, काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाले बर्दियामा करिब ७ सय घर डुवानमा परेका छन् । जिल्लाको बासगढी नगरपालिका– ५ खल्लागाउँस्थित सुकुम्बासी टोल, धधवार र ककौरा लगायत क्षेत्रमा ७ सय घर डुवानमा परेका हुन् ।
मानखोलामा आएको बाढीले सुकुम्बासी बस्ती र दक्षिण टोलाका सय घर डुवानमा परेको प्रहरी निरीक्षक श्यामजंग शाहले बताए । त्यसगरि ककौरामा २ सय ५० घर जलमग्न छन् । धधवार ६ कमैया बस्तीका १ सय ५० घरमा समेत डुबान छ । लक्ष्मणास्थित इलाका प्रहरी कार्यालय डुबानमा परेपछि त्यहा कार्यरत प्रहरी सहकारी भवनमा सरेका छन् ।
त्यस्तै अविरल वर्षाले गुलरिया– ५ संगमबस्तीमा १० घर र सानोश्री ताराताल नपामा ५ घर डुवानमा परेका छन् ।













