१० असार, काठमाडौं । बिहीबार राति काठमाडौं उपत्यका भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट केन्द्रबिन्दु भएको ४।३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
बुधबार दिउँसो २ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प गएयता बिहीबार राति अर्को भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्काले काठमाडौं उपत्यका र आसपासका बासिन्दा त्रसित भएका थिए ।











