९ असार, सिन्धुपाल्चोक । सिन्धुपाचोकमा भूकम्पले क्षति पुगेको घर भत्काउने क्रममा दुई जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
कुन्चोक गाविस घडेरी गाउँ-५ मा घडेरीडाँडामा यभूकम्पले क्षति पुगेको खिलबहादुर न्यौपानेको घर भत्किाउने क्रममा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार निदालले लागेर ८३ वर्षका गणेशबहादुर थापा र ८३ वर्षका डम्बरबहादुर न्यौपानेको पुरिएर मृत्यु भएको छ ।
‘टिनको एक तले घर थियो । गारोहरु हटाउने काम भइसकेको थियो । तर, मध्याहृन एक्कासी भत्किएको रहेछ’ डीएसपी विश्व अधिकारीले भने । उनका अनुसार घटना मध्याहृन १२ः ३० तिर भएको थियो ।
घटनामा ८४ बलबहादुर न्यौपाने घाइते भएका छन् । उनलाई धुलिखेल अस्पताल ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।











