९ असार, काठमाडौं । संविधानका विवादित विषयलाई प्रक्रियामा नलगी सैद्धान्तिक रुपमा टुङ्ग्याउन दलहरु सहमत भएका छन् । चार दलको वुधबार बसेको बैठकले विवादित अन्तरवस्तुमा भएको सहमति र सहमति हुन बाँकी विषयमा थप छलफल गर्ने निर्णय समेत गरेको छ । चार दलले भनेअनुरुपको संविधानको मस्यौदामाथि छलफल गरिने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
विवादित विषयमा सहमति भए प्रारम्भिक मस्यौदा र सहमति नभए संविधानको एकीकृत मस्यौदा संविधान सभामा लैजानेबारे छलफल भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।
केही दिनदेखि संविधानको मस्यौदाको तयारीमा जुटेको कार्यदलले हालसम्म भएको प्रगतिबारे चार दल बैठकमा जानकारी गराएको थियो ।











