८ असार, भक्तपुर । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सरकारको वहानामा १६ बुँदे गरेका दलहरुले राहतको रकम दुरुपयोग गर्न कै लागि सहमति गरेको आरोप लगाउनुभएको छ ।
रफत संचार क्लवमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा यादबले यादवले राष्ट्रिय सरकारको कुरा भुकम्प पिडितको डलर हात पार्नका लागि मात्र भएको आरोप लगाउनुभयो । भुकम्प पिडितको नाममा आएको राहत दुरुपयोग हुन थालेको भन्दै छानविनको लागि न्यायिक कमिटी गठन गर्नु पर्ने उहाँले बताउनु भयो । उहाँले दातृ निकायले भुकम्प पिडितका नाममा पठाएको अरवौको रकम हिनामिनाको पूर्ण रुपमा छानविन नहुने हो भने अव कसैले सरकालाई विश्वास नगर्ने बताउनुभएको थियो । उहाँले मन्त्री र सरकारमै भएकाहरुले राहतमा गरेको घोटला र भौतिक संरचना निमार्णमा भन्दा पनि रकम माग्ने प्रबृति बढेकाले विश्व समुदायले विश्वास गर्न नसकेको बताउनु भयो ।
पछिल्लो समयमा चार दलले न्यायपालिकाले जारी गरेको आदेशको उपहास गर्दै लोकतन्त्रको खिल्ली उडाएको उहाले उल्लेख गर्नुभयो । उहाले सरकार र कुटनीतिक पक्षको कमजोरी देखिएकाले तत्काल लिपूलेक बारे नेपालीलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।











