८ असार, वीरगन्ज । नेपाली कांग्रेस पर्साको जिल्ला कार्यसमिति बैठकमा संस्थापन र देउवा पक्षबीच कुटाकुट भएको छ। आइतबार साँझ भएको बैठकमा सदस्यता वितरण र पार्टीको आन्तरिक कामकारबाही छानबिन हुनुपर्ने प्रस्ताव पेस भएपछि चर्काचर्की सुरु भएको थियो।
चर्काचर्कीका क्रममा आमन्त्रित कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियालाई पर्सा सभापतिसमेत रहेका सभासद सुरेन्द्रप्रसाद चौधरीले धक्का दिएका थिए। त्यसपछि चौधरी कुटिएको बैठकका सहभागीले बताए।
बैठकमा चौरसिया र क्षेत्र नम्बर ४ का सभापति श्रीकुशुन चौहानबीच चर्काचर्की परेको थियो।
सोही क्षेत्रबाट सभासदमा निर्वाचित चौधरीले चौहानको पक्ष लिँदै चौरसियालाई धकेलेपछि आफूहरू हात हाल्न बाध्य भएको जिल्ला समिति सदस्य नवीन सिंहले बताए।
चौधरीले भने आफूउपर नभएर कुटपिट चौरसियालाई भएको दाबी गरेका छन्।











