४ असार, काठमाडौं । सर्वोच्च अदालतले १६ वुँदे सहमतिविरुद्ध आदेश दिएपछि प्रमुख राजनीतिक दलहरु छलफलमा जुटेका छन् । १६ वुँदे सहमतिको विरुद्धमा सर्वोच्च अदालतका न्यायधीश गिरिशचन्द्र लालको एकल इजालशले आदेश दिएपछि प्रधानमन्त्री सुशील कोइरालाले चार दलको बैठक डाकेका हुन् । चार दलका शीर्ष नेता अहिले वालुवाटारमा भेला भएका छन् ।
बैठकमा कांग्रेसका तर्फबाट सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला, उपसभापति रामचन्द्र पौडेल, एमाले कार्यवाहक अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष भीम रावल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत छन् ।
अधिवक्ता विजयकान्त कर्णको रिटमा सर्वोच्च अदालतले समझदारीले थप क्षति निम्त्याउने भन्दै अन्तरिम आदेश दिएको थियो ।












