२ असार, काठमाडौं । सार्वजनिकि निकायमा पद र शक्तिको अख्तियारी दुरुपयोग गर्नेमाथि अनुसन्धान गरी कारवाही गर्नेसम्मको अधिकार पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अधिकांश समय सामाजिक सञ्जाल फेसबुकमा बेतित गर्न थालेका छन् । प्रमुख आयुक्त जस्तो व्यक्ति भर्खरका ‘टिनएजर’ केटाकेटी जस्तै फेसबुकमा झुण्डिन थालेपछि अख्तियारकै कर्मचारी अचम्मित भएका हुन् । प्रमुख आयुक्त कार्की आजभोलि आफ्नै फेसबुक पेज ‘लोकमासिंह कार्की’ लाई फेसबुकमा विज्ञापन नै दिएर ‘लाईक’ बढाउने काममा ब्यस्त छन् । यो समाचार तयार पार्दासम्म कार्कीको पेजमा ६१ हजार बढीले लाईक गरिसकेका थिए ।
उक्त पेजमा आफ्नो ब्यक्तिगत वेवसाईट ‘लोकमानकार्की डट कम’ पनि उल्लेख गरिएको छ । अख्तियार स्रोतका अनुसार कार्कीले पदीय अख्तियारी दुरुपयोग गर्दै रकम खर्चेर आफ्नो ब्यक्तिगत पेज ‘लोकमासिंह कार्की’ को लाईक बढाउन फेसबुकमा विज्ञापन दिएका हुन् ।
भूकम्पमा प्रत्येक नेपाली एक अर्काको दुः खमा मलम लगाउन जुटेका छन् । तर, गुमनाम बसेका अख्तियार प्रमुख कार्की भने यतिखेर जसरी हुन्छ आफ्नो पेजमा लाईक बढाउने ध्याउन्नमा जुटेका छन् । त्यसैले फेसबुकमा उनले विज्ञापन दिएर नै लाईक बढाइरहेका छन् । उनले विज्ञापन दिएर लाईक बढाउन प्रयासरत ‘लोकमानसिंह कार्की’ पेजमा नेपाली राष्ट्रिय झण्डैझण्डा भएको तस्बीर र त्यसमा ‘टुगेदर वी रिविल्ड नेपाल’ लेखिएको छ । उनको पेजमा लाइक गर्न प्रायोजन गर्दै राहतमा हुने भ्रष्ट्राचार रोक्न उनको पेज लाइक गर्नुपर्ने आशय उल्लेख छ । जस्तो एन्टि करप्सन ड्राइभ एगेनिस्ट अफ अर्थक्वेक रिलिफ फन्ड । यस्तो भ्रष्ट्राचार विरोधी नारा दिएर आफूलाई लाइक गर्न लोकमानले लगाएका छन् ।
राजा ज्ञानेन्द्रको शाशनकालमा राजतन्त्रको पछि नलाग्ने निजामति कर्मचारीलाई कारवाही गर्ने धम्की दिने लोकमान लोकतन्त्रमा प्रचण्ड र झलनाथलाई खुशी पार्दै अख्तियार प्रमुख बनेका हुन् । संसदीय समितिमा पुगेर समेत सभासद्हरुलाई झपार्न सक्ने लोकमान आत्मप्रशंसाका लागि मात्र काम गरेको बुझ्न गाह्रो छैन ।
कार्की हलिवुड, बलिवुड वा कलिवुडको प्रख्यात कलाकार भएझैँ उनले सामाजिक सञ्जालमार्फत आफूलाई सार्वजनिक ब्यक्तित्वका रुपमा उभ्याउन राज्यकोष दुरुपयोग गरिरहेका छन् । मुलुक विपत्तिमा फसेका बेला राज्य र कर्मचारीतन्त्रबाट हुन सक्ने संभावित आर्थिक अपराध रोक्न विशेष भूमिका खेल्नुपर्ने बेला कार्की भने स्वयम् ‘टिनएजर बच्चाबच्ची’ झै फेसबुककमा झुण्डिएका हुन् ।
उता महाभूकम्पमा परी उठिबास भएका परिवारका लागि पाल खरिद घोटला प्रकरणलाई अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा उनी आफै सो प्रकरण दबाउन सक्रिय रहेका छन् । ठूला नेतालाई कारवाही नगर्नु नै लोकमानको कर्तव्यअन्तर्गत पर्ने भएकोले ठूला मुद्दामा प्रक्रिया अगाडि नबढाउने गरेको तर्क भ्रष्ट्राचारविरोधी अभियान्ता भरत जंगम बताउँछन् ।











