२ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्यानण्ड गएका छन् ।
फङ्गल सङ्क्रमणका कारण गत वर्ष अस्वस्थ्य भएका नेता ओली यसअघि पनि उपचारका लागि अमेरिका, थाइल्यान्डलगायतका मुलुक गएका थिए । वुधबार अपरान्ह ओली त्यसतर्फ लागेका हुन् ।
ओलीले आफू वैंकक जानुअघि मंगबार स्थायी कमिटी बैठक डाकेर संविधान निर्माण प्रक्रियालाई तीव्रता दिन पार्टीका सबै निकाय र कार्यकर्ता सक्रिय रहन निर्देशन दिएका थिए । मस्यौदा समितिमा संविधानको मस्यौदा लेखनमा विवाद देखिएको छ । १६ वुँदेका हस्ताक्षरकर्ता मध्येका एक ओली विदेश जाँदा संविधानको मस्यौदा लेखन प्रक्रियामा झनै सुस्तता आउने देखिन्छ ।











