२ असार, काठमाडौं । बुधबार बिहानै भूकम्पको धक्काले राजधानीवासीलाई एकपल्ट फेरि झस्काएको छ । । बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंलाई केन्द्र विन्दु बनाएर गएको ४.४ म्याग्निच्यूटको पराकम्पनले राजधानीवासीलाई झस्काएको हो । वैशाख १२ गतेको ठूलो भूकम्पपछि पराकम्पनहरु गई नै रहे पनि काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर जाने पराकम्पनको संख्या भने न्युन रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हिजो मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेको छ । यो क्रम अझै केही समय जारी रहने भूकम्प विदहरुको भनाइ छ । पराकम्पन आउनेक्रम पहिलेभन्दा क्रमशः कम हुँदै गएको छ ।











