३२ जेष्ठ, काठमाडौ । फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी पार्टीबीच औपचारिक एकता भएको छ । तीनैपार्टीका अध्यक्ष क्रमश: उपेन्द्र यादव, अशोक राई र युवराज कार्कीले एकैसाथ मसाल बालेर एकताको घोषणा गरेका हुन् । एकतापछि बनेको पार्टी संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मसाल हो । सोह्रखुट्टेको नेपाः ब्याङ्क्वेटमा एकता घोषणा गरिएको हो ।











