२९ जेठ, काठमाडौं । संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिले नयाँ संविधानका विवादित विषय टुङ्ग्याएर पेस गरेको प्रतिवेदनलाई संविधानसभाको शुक्रबारको बैठकले बहुमतले पारित गर्दै मस्यौदा समितिमा पठाएको छ ।
समितिको प्रतिवेदनमाथि सभासदहरुको बोल्ने क्रम सकिएपछि त्यसलाई बहुमतले परित गरिएको थियो । राप्रपा नेपालले विपक्षमा ध्वनी मत दिएको थियो। मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा र सदभावना सहित ५ दलले संविधानसभा बैठक बहिष्कार गरी संविधान सभाबाट बाहिरिएका थिए ।
संविधानको मस्यौदा तयार गर्न मस्यौदा समितिलाई बढीमा १५ दिनको समय दिइएको छ । कुनै विषय छुटेको भए त्यसलाई समावेश गर्नपनि समितिलाई संविधानसभाले अधिकार दिएको छ । असन्तुष्ट पक्षसँग कुनै सहमति भए त्यसलाई समेटन यस्ले बाटो खुला गरेको छ ।











