२६ जेठ, काठमाडौं । सरकार परिवर्तन हुन लागेपछि गृहमन्त्री वामदेव गौतमले गृहमन्त्रालयअन्तरगतका प्रमुख जिल्ला अधिकारीसहित ५३ अधिकारीको सरुवा गरेका छन् । गौतमले मोटो रकम लिएर र एमालेबाट भएका स्वार्थका आधारमा हेरफेर गरेको स्रोतले जानकारी दिएको छ। गृह मन्त्री वामदेव गौतमले आफ्नो पार्टी एमाले निकट रहेका उच्च अधिकारीलाई महत्वपूर्ण जिल्लामा प्रजिअको जिम्मेवारी दिएका छन् ।
गौतमले आफ्नो पार्टीको स्वार्थअनुसार काम नगरेका सीडीओहरूलाई भने मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयमा थन्क्याएका छन् ।
गृह मन्त्रालयअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भीमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ ।
गृहले प्रेम लुइँटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाँचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागरमणि पाठकलाई म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाएको छ ।
गृहले मुरारी वस्तीलाई तेहथुम, जनार्दन गौतमलाई जाजरकोट, दीपकराज नेपाललाई सिन्धुली, जीवनप्रसाद दुलाललाई डोल्पा, देवेन्द्र लामिछानेलाई दोलखा, यामप्रसाद सुवेदीलाई अछाम, उमेशप्रसाद ढकाललाई नुवाकोट, शिवराम गेलाललाई रसुवा र सुरेन्द्र पौडेललाई अर्धाखाचीको सीडीओमा सरुवा गरेको हो ।
यसैगरी गृहले मानबहादुर बिकलाई सिराहा, कालीप्रसाद पराजुलीलाई धनुषा, विष्णुप्रसाद ढकाललाई रुपन्देही, विनोदप्रसाद सिंहलाई चितवन, अब्दुल कलाम खाँलाई कपिलबस्तु, राजकुमार श्रेष्ठलाई कैलालीको सिडिओमा सरुवा गरेको छ ।
सहसचिवहरू तोयम रायलाई भक्तपुर, मेघनाथ काफलेलाई सर्लाही र महादेव पन्थलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।











