२६ जेठ, काठमाडौं । पुनरावेदन अदालतमा कार्यरत २६ अस्थायी न्यायाधीशले जेठ २६ गते मंगलबार एकैदिन अवकाश पाउँदै छन् । पुनरावेदन तहमा २२ स्थायी दरबन्दी खाली छ ।
एक वर्षका लागि २७ जेठ ०७० मा नियुक्त गरिएका ३३ मध्ये बाँकी २६ न्यायाधीशको दुईवर्षे कार्यकाल पूरा हुँदासमेत स्थायी वा पदावधि निरन्तर हुने–नहुने टुंगो भएको छैन । न्यायपरिषद् सदस्यबीचको आन्तरिक विवादका कारण अस्थायी न्यायाधीश घर फर्कने अवस्थामा पुगेका छन् ।
पदावधि सकिन दुई दिन मात्र बाँकी रहँदासम्म परिषद्ले कुनै निर्णय नलिएपछि अस्थायी न्यायाधीशले सोमबार प्रधानन्यायाधीशदेखि कानुनमन्त्रीसम्मलाई भेटेर आफ्ना समस्या राखेका छन् ।











