२५ जेठ, काठमाडौं । नेपालको राजनीति विदेशी शक्तिकेन्द्रले नै चलाएको भन्ने आरोप र तथ्यहरु विगतमा पनि सतहमा नआएका होइनन् । पहिलो संविधान सभाको बारम्बार मिति थप्ने र अन्त्य गर्ने समयमा विदेशी जासुसी संस्थाले प्रमुख दलका नेताहरुलाई परिचालित गरेका तथ्यहरु विभिन्न पुस्तकमार्फत त सार्वजनिक भएकै छन् । यतिवेला पनि प्रमुख दलबीच हुन लागेको सहमति भाँड्नका लागि विदेशी शक्तिबाट परिचालित दलहरुले निहँ खोजेको स्पष्ट छ ।
सहमति बन्ने भएपछि सत्ताका लोभी विजय गच्छदारको समेत विरोध गर्दै मधेसी दलहरु प्रचण्ड नेतृत्वको मोर्चाबाट अलग्गिएको घोषणा गरे । आज विहानै हुने भनिएको सहमति विदेशी निकायसँग परामर्श गर्नकै लागि भनेर दलहरुले अड्काएको विशेष स्रोत बताउँछ । अनि आज साँझ बैठक चलिरहेकै वेला विहे पार्टीमा जाने भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले विदेशी गुप्तचरहरुसँग भेटेर वालुवाटार फर्केको गोप्य सूचना नेपाल देशलाई प्राप्त भएको छ ।











