२५ जेठ, काठमाडौं । मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई/तीन सातासम्म जारी रहन सक्छ ।
गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार लगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो ।
‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।बाबुराम मरासिनि भन्छन– ‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’
हाल गर्मीको मारमा रहेका क्षेत्रहरूमा दिउसो काम नगरेर शितलमा प्रसस्त मात्रामा पोषिलो तरल पदार्थ सेवन संगै आरामले वस्नु पर्ने औल्याउदै डा. मरासिनि भन्छन्– ‘गर्मीले शरिरमा पानीको कमीको लक्षण देखिए तुरन्त चिकित्सा सहयोग लिनुपर्छ ।’
धेरै गर्मी देखिएको ठाउमा स–सानो वच्चाहरुलाइ तेलले मालिस गर्नु हुदैन भने धेरै गुलियो सेवन समेत उपयुक्त मानिदैन । रक्सी, वियर आदि सेवन गर्नु समेत गर्मिमा घातक हुन सक्छ । यसले शरिरमा पानीको कमी गराउछ । यति मात्र नभइ गर्मीको वेला दिउसो कडा व्याायण्म समेत नगर्ने सल्लाह डा. मरासिनिको छ ।
‘आर्मी पुलिसका नया जवानलाई तालिम दिने क्रममा कडा व्यायाम गराइन्छ, यसले समेत ती समुहमा हालको तिव्र गर्मिमा शारिरीक समस्या देखिने गरेको छ’,डा. मरासिनिका अनुसार सेना, पुलिसको ड्युटी कडा हुने भएकोले उनिहरुलाइ हालको स्थितिमा बढी शारिरीक परिश्रम गराउनु हुदैन भने प्रशस्त तरल झोल पदार्थलगायतका सेवन गराउनुपर्छ ।
स्कुले वालवालिकालाई प्रार्थनाको नाउमा घाममा बढी समय सम्म उभ्याउनु नहुने जनाउदै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा।राजेश साह स्कुले विद्यार्थीहरुलाई अभिभावकले प्रसस्त मात्रामा पानी सहित पौष्टिक तरल पदार्थ समेत दिनु पर्ने वताउछन ।
वालवालिकाको खाजामा फलफुल समेत समावेस गर्दा यसले गर्मीले गर्दा शरिरमा हुन सकने पानीको कमीलाई कम गर्छ ।
हालको अत्यधिक गर्मीलाई थेगन दिनहु ४–५ लिटर पानी लगायतका झोल पदार्थ खानु पर्ने उल्लेख गर्दे विज्ञहरुले दिउसो खेतवारी वा वाहिर काम गर्नु नहुने समेत वताउछन ।
हाल घर वाहिर घाममा वाहिर निस्कुनु परे छाता उपयोग गर्नु को साथै पातुलो सुति लुगाले टाउको र शरिरलाइ छोप्नु समेत उपयुक्त हुने डा.साह वताउछन ।
‘हाल घाममा वाहिर निस्कुनु पर्दा उचित मात्रामा खाना र स्वस्थकर चिसो पेय पदार्थ सेवन गरेर जानु पर्छ’, डा. साह भन्छन–‘मधेशमा विहान वेलुका मात्र वाहिर निस्कनुस, तातो हावा वगिरहेको समय घर मै वस्नुस ।’
काक्रो, खरवुजा, आप लगायतका गर्मीको फलफुलले शरिरमा लवण नुनको सन्तुलन कायम राख्नुको साथै पानी समेत पुर्याइरहेको हुन्छ । विज्ञहरुले यो मौसममा फलफुल सेवन समेत फयादा जनक रहेको वताउछन ।