दिनेश ठाकुर
२४ जेठ, नेपालगन्ज । नेपालगन्ज बिमानस्थलको धावनमार्गमा आइतबार दिउसो ला
गेको आगो साँझ नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दिउसो ३.१५ बजे सुरु भएको आगलागी साँझ ६.२५ बजे नियन्त्रणमा आएको हो । धावनमार्गको घासेमैदानमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दुईवटादमकल, स्काभेटरको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीहरु खटिएका थिए । प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकसहित जिल्लाका सुरक्षा अधिकारीहरु बिमानस्थलमा आगलागी भएको सूचना पाउनासाथ पुगेका थिए ।
आगलागीका कारण नेपालगन्ज बिमानस्थलबाट हुने बेलुका उडानहरु करिब दुर्इ घण्टा ढिलो भएको थियो । आगो पूर्णरुपमा नियन्त्रणमा आएपछि बेलुका ६.४० बजे राजधानीबाट नेपालगन्जका लागि विमानले उडान भरेको थियो । घाँसे मैदानमा आगलागी भएका कारण क्षति खासै नभएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज बिमानस्थलमा रहेको करिब २० बर्ष पुरानो दमकल एकदमै जीर्ण भएका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । दमकल बारम्बार बिग्रने गरेको नेपालगन्ज नागरिक उड्ययन कार्यालयले जनाएको छ ।











