२१ चैत, काठमाडौं । नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ । सबैभन्दा विवाद रहेको विषयमा नै कांग्रेस र एमालेबीच सहमझदारी भएको हो ।
सिंहदरबारमा विहीबार भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्याउने विषयमा मतैक्यता भएको हो ।
दुई दलको बीचमा बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल भएको र नेपाली कांग्रेससँगको छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ । राज्य पुनःसंरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भूइँचालोबाट पीडित जनतालाई राहत तथा पुनःनिर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।
दुई साता भित्रै संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन प्रमुख चार दल द्विपक्षीय तथा बहुपक्षीय छलफलमा निरन्तर जुटिरहेका छन् । दलहरुबिच न्यायप्रणली , निर्वाचन प्रणली र संघिय प्रदेशका विषयम विवाद रहँदै आएको छ ।











