१९ जेठ, पोखरा । मुस्ताङको जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा 9N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षती भए पनि कुनै मानवीय क्षति नभएको पोखरा विमानस्थल प्रशासनले जानकारी दिएको छ । विमानमा १८ जना सवार थिए । सबै यात्रुहरु सकुशल उत्रिएका छन् ।
यो कुनै दुर्घटना नभएर विमानको अगाडिको नाके चुच्चो सामान्य ठोक्किएको दावी पोखरा विमानस्थलका कर्मचारीले गरे ।
सुरुमा विमानको पाङ्रा नखुलेका कारण दुर्घटना भएको अनुमान गरिए पनि पाङ्रा सकुशल खुलेको पाइएको प्रहरी पहरी स्रोतले बतायो ।
गोमा एयरले जोमसोम-पोखरा यसै वर्षदेखि उडान भर्न थालेको थियो ।











