१७ जेठ काठमाडौं । बौद्धनाथ विश्वभरका बौद्धहरुको पवित्र स्तुप हो ।
छोर्तेनको नाउँले चिनिने बौद्धनाथलाई तिब्बतीहरुले त सबैभन्दा पवित्र तिर्थस्थलको रुपमा मान्दै र पूजा गर्दै आएका छन् । वैशाख १२ गतेको भूकम्पले बौद्ध स्तुपको गजुरमा समेत क्षति पुर्याएको थियो ।
यतिवेला बौद्ध स्तुपको गजुर मर्मत कार्य सुरु भैसकेको छ । बौद्ध स्तुपको गजुर मर्मत गर्दै गरेको, र साँझपख कामदारहरु तल ओर्लंदै गरेको दृश्यका केही मनमोहक केही तस्वीरहरु पत्रकार क्रन्दन चापागाईले क्यामेरामा कैद गरेका हुन् ।












