१४ जेठ, काठमाडौं । संविधानसभा बाहिर रहेका ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले राहत सहयोगका नाममा नेपालमा विदेशी चलखेल हुन सकने भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति सचेत गराउन भन्दै उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार सिंहदरबारमा मोर्चाले मन्त्री गौतमलाई विभिन्न २३ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै मोर्चाले उद्धार कार्य सम्पन्न भईसकेको भन्दै बिदेशी सेना फिर्ता पठाउन माग गरेको छ । त्यस्तै मृतक र घाईतेहरुसंग रहेका सम्पतीहरुको बिबरण सार्वजनिक गर्दे मृतकका आफन्तलाइ बुझाउनुपर्ने , बिदेशी तथा स्वदेशीहरुको राहत संकलन तथा बितरण कार्यलाई संयुक्त संयन्त्र मार्फत पारदशी बनाउन समेत मोर्चाले माग गरेको छ ।
मोर्चाले भविष्यमा हुन सकने दैवी प्रकोपको व्यबस्थापन नीति ल्याउनुपर्ने , बिदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काइ राज्यको पुनः निर्माण कार्यमा लगाउनुपर्ने, बिदेशबाट आएका सामाग्रीहरुको केन्द्रिउ तथ्याङ्क सार्वजनिक गर्नुपर्ने, ३३ दलीय मोर्चा सहितको सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सारेको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री गौतमले मागका बिषयमा छलफल गर्दे निर्णयमा पुग्ने आश्वासन दिएका थिए ।











