१३ जेठ, काठमाडौं । विनाशकारी भूकम्प गएको एक महिनाको अवधिमा चार रेक्टरभन्दा माथिका २७२ पराकम्पन गएका छन् । वुधबार मात्रै ४.५ र ४.६ रेक्टरका दुई पराकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सानोभन्दा सानो कम्पन्न समेत हिसाब गर्ने हो भने गत वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म २० हजारभन्दा बढी कम्पन गइसकेको छ ।
गत वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु हुने गरी ७ दशमलब ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
वैशाख १२ गते गएको भूकम्पसहित ६ रेक्टर माथिका चारवटा भूकम्प गइसकेको छ । गोरखालाई नै केन्द्रविन्द्र मानेर सोही दिन ६ दशमलब ६ रेक्टर अर्को ठूलो पराकम्पन गएको थियो भने वैशाख १३ गते दिउँसो १२ः३० बजे सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु हुने गरी ६ दशमलब ९ रेक्टरको पराकम्पन गएको थियो ।
त्यस्तै वैशाख २९ गते पुनः दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु हुने गरी ६ दशमलब ८ रेक्टरको अर्को ठूलो पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
एक महिनाको अवधिमा ५ रेक्टरभन्दा माथिका ३९ वटा पराकम्पन गएको भूकम्प मापन केन्द्रको वेवसाइटले देखाएको छ ।
विनाशकारी भूकम्पमा परी हालसम्म झण्डै नौ हजार अर्थात् आठ हजार छ सय छहत्तर मानिसको ज्यान गएको सरकारले जानकारी दिएको छ । जसमध्ये महिला ४७८१ र पुरुष३८९४ रहेका छन् । मृतकमध्ये ८ हजार ६४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।
भूकम्पमा परी २१ हजार ९५४ जना घाइते भएकामध्ये हालसम्म ४ हजार ८७७ जना विभिन्न अस्पतालमा उपचारार्थ रहेका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७३४, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ४३०, पश्चिम क्षेत्रमा ४५१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५३, मध्य क्षेत्रमा ७ हजार २३४, पश्चिम क्षेत्रमा १ हजार २४६, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा दुई जना रहेका छन् ।
विनाशकारी महाभूकम्पमा परी नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ को ज्यान गएको छ भने हालसम्म २०५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएका छन् ।
यसैगरी विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा २ लाख ८६२, पश्चिम क्षेत्रमा १ हजार ४६ हजार ७६८, मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा ४ लाख ७० हजार ९९१ भौतिक संरचनाहरु क्षति भएका छन् ।
महाभूकम्पका कारण विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तुपा, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर परिसरलगायत सयौँ मठमन्दिर, देवालय पूर्ण रुपमा क्षति भएका छन् । यस्तै ऐतिहासिक स्मारक धरहरा समेत पूर्णरुपमा क्षति भएको छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, गोर्खा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, रामेछाप, ओखलढ्ङ्गा, काभ्रे, नुवाकोट गरी १४ जिल्ला महाभूकम्पका कारण अति प्रभावित र अन्य ४० बढी जिल्ला प्रभावित भएका छन् ।
महाभूकम्पमा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप १ लाख र किरिया खर्च वापत ४० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएअनुसार वितरण गरिसकेको जनाइएको छ । पुनःनिर्माण अभियानका लागि आगामी असार १० गते विभिन्न दाता मुलुकहरुको सम्मेलन सरकारले आयोजना गर्दैछ ।
३४ मुलुकका ४ हजार बढी सेना र चिकित्सकको उद्धार टोली भूकम्प पछि खोज तथा उद्धार सक्रिय भएको थियो । त्यस्तै खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण क्रियाशील भएका थिए ।
विसं। १९९० माघ २ गते गएको भूकम्पपछिको सबैभन्दा ठूलो भूकम्पका कारण मुलुकको जनजीवन अहिलेसम्म पनि सहज हुन सकेको छैन ।
विनाशकारी भूकम्पका कारण ४ हजार ७७९ महिला, ३ हजार ८९३ पुरुष र पहिचान हुन नसक्ने एक गरी ८ हजार ६७३ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ८ हजार ६४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।

![l;Gw'kfNrf]ssf] ef]6]rf}/ uflj; j8f g++ @ l:yt j}zfv !@ ut] uPsf] ljgfzsf/L e"sDkdf k/]/ Wj:t ePsf] ;+/rgf kG5fpFb} s[i0faxfb'/ tfdfª / pgsf kl/jf/ ;f] 3/df tfdfª kl/jf/sf kfFr hgfsf] d[To' ePsf] lyof] . tl:a/ M s'df/ rf}nfufO{, /f;;](https://nepaldesh.com/wp-content/uploads/2015/05/Bhukampa11.jpg)