११ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल रसियामा आयोजित दुई दिने राजनीतिक दलहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागी भई स्वदेश फर्कनु भएको छ । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सम्मेलनमा नेपललाई सहयोग गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
उहाँले सम्मेलन मार्फत १ सय ५० राष्ट्रसँग सहयोगकालागि आग्रह गरेको जानकारी दिनुभयो । नेता खनालले एसियाका देशहरुसँग नेपालको ऋण मिनाहा गर्न आग्रह गरेको बताउन भयो । सम्मेलनमा अधिकाशं देशहरुले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनु भयो ।
खनालको साथमा सभासद इच्छाराज तामाङ्ग र पार्टीको तर्फबाट योगेन्द्र शाही पनि रसिया जानुभएको थियो ।











