५ वैशाख, काठमाडौं । नेपालको भूकम्पले निम्त्याएको विपत्तिमा चीनले गरेको सहयोगको विश्वभर प्रशंसा भैरहेका वेला चीनले पचास ट्रकमा औषधी नेपाल भित्र्याएको छ । औषधी लगायतका सहयोग सामग्री लिएर चीनियाँ सेनाका ट्रकहरु नेपाल प्रवेश गरेका हुन् ।
चीनियाँ जनसेनाका रेड क्रसको लोगो लगाइएका ट्रकहरु सोमबार नेपाल प्रवेश गरेका छन् । देशभरका स्थानहरुमा सुविधाजनक टेन्ट लगाएर, उद्धार तथा राहत कार्य संचालन गरेर चीनले यतिवेला सबै राष्ट्रले भन्दा बढी सहयोग गरी रहेको छ ।
यद्यपि यो सहयोगलाई अमेरिका र भारतले भने नियालेर हेरेका छन् । नेपालमा अमेरिकी प्रभाव बढाएर चीनलाई नजिकबाट निगरानी गर्ने अमेरिकाको भित्री रुचिप्रति चीनले सिधै उछिनेको छ र नेपाली जनताको सुखदुःखमा चीनियाँ सेनाले उल्लेखनीय साथ दिएका छन् । पछिल्लो समय यसरी लस्करै चीनियाँ ट्रक भित्रिनुलाई सबैले चासोका साथ हेरेका छन् ।











