४ जेठ, काठमाडौं । निर्माण सम्पन्न भएको केही वर्ष मात्र भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पनि संकटमा परेको छ । भूकम्पका कारण कांग्रेस पार्टी कार्यालय बस्नका लागि खतरा भएको छ । खतराकै कारण अहिलेसम्म कार्यालयमा कोही प्रवेश गरेको छैन ।
क्षतिग्रस्त नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सोमबार अर्थमन्त्री सहितको प्राविधिक टोलीले अनुगमन गरेको छ ।
गत १२ गते आएको विध्वंसकारी भूकम्प र सो पछिका पराकम्पनले क्षति पुगेको कांग्रेस कार्यालय भवनको भवन अनुगमन गरिएको हो ।
भवनका अधिकांश पर्खाल चर्किएपछि कार्यालय खाली गराइएको छ भने कार्यालयको सबै काम अस्थायी रुपमा टेन्टबाटै भइरहेको छ ।
भवन पुनःनिर्माण नगरी कार्यालयमा जान सक्ने अवस्था नभएको भवनको प्राविधिक समितिले जनाएको छ ।
अनुगमनमा रहेको प्राविधिक समितिको इन्जीनियरको टोलीले समग्र मुल्याङ्गकनवारे भोली निर्णय दिने बताएको छ । समितिको निर्णयपछि छलफल गरि पुननिर्माणमा जाने अर्थमन्त्री रामशरण महतले जानकारी दिए ।











