३१ वैशाख,काठमाडौँः
सबैभन्दा बलियो र उत्कृष्ट भन्दै विज्ञापन गर्ने जगदम्बा सिमेन्टको कर्पोरेट कार्यालय जोखिममा परेको छ । काठमाडौँको तीनकुनेमा रहेको न्यौपाने टावर चिराचिरा परेपछि त्यहाँ भएका कार्यालयका कर्मचारी र सर्वसाधरणहरु त्रासमा छन् । गत वैशाख १२ गतेको भुकम्पले भवनमा आशिंक क्षती पुगेको थियो । भवनका केहि पिल्लटरका रड भाचिएका थिए भने भवनबाट ईट्टाहरु झरेका थिए । भूकम्पका कारण सबै भित्ताहरु पनि उक्किएका थिए । 
तर सञ्चालक विष्णु न्यौपानेले भुकम्प गएको तीन दिनमै सरकारी अनुगमन नपुग्दै भत्किएको भवन टाल्न सुरु लगाएका थिए । भुकम्पका पराकम्पन जारि हुँदा हुदै ८ तले घरमा उनले मजदुरहरुलाई काम गर्न लगाएका थिए । पैसाकै आडमा उनले भवनलाई टालटुल गर्ने काम गरेका छन् ।
भवनलाई समान्यरुपमा टाल्दै रङ लगाउँदै गरेको अवस्थामा फेरि २९ गते भुकम्प आएपछि प्रयोग नै गर्न नमिल्ने गरि न्यौपाने टावर भत्किएको छ । तर सञ्चालक विष्णु न्यौपानेले पैसाको आडमा क्षत विक्षत बनेको भवन सुरक्षित रहेको भन्दै सूचना निकालेका छन् । उनका निजि ईन्जिनियहरुको हवला दिदै कार्यालयहरु सूचारु गर्न हुने भन्दै सूचना टाँसिएको छ ।
न्यौपाने टावरमा हाल सिद्धार्थ बैंक, सनराईज बैंक, नेपाल वान टेलिभिजन, लक्ष्मी स्टिल, जगदम्बा सिमेन्ट, जाब्रा लगाएतका कार्यालय रहेको छन् । ती सम्पूर्ण कार्यालयमा कम्तिमा ५ सय भन्दा बढि कर्मचारीहरु छन् । 
त्यससँगै जोडिएकोे नेपाल प्रहरीको कार्यालय रहेको छ भने आसपासमा दर्शनबढि पसलहरु रहेका छन् । तर ति सर्वसाधरण, कार्यालय र पसलहरुको त्रासकै बिचमा न्यौपाने टावरले २९ गतेपछिको भुकम्पको क्षतीपछि पनि सरकारी टोलीलाई उछिन्दै फेरि सबैको आखाँ छल्ने काम गरेको छ ।
पिल्लर पूर्ण रुपमा क्षती नपुगेको भन्दै ईन्जिनियर पुष्प कटवालले भवन मर्मत कार्य जारि राख्ने बताए । उनिसँग जानकारी लिदाँ भुकम्पले एउटा पनि इट्टा नखसेको भन्दै मर्मत गरेपछि वस्न मिल्ने दावी गरे । आफ्नो दावी एकछिन पनि नटिक्ने गरि उनले भवनमा ठूलो क्षती नभएको बताए । अझ उनले काम गर्ने आफू भएको बताउँदै तपाईलाई केहि नहुने भन्दै ठाडो जबाफ दिए । सरकारी टोली नआउँदै किन काम थालेको भन्ने प्रश्नमा उनले सरकार समयमा नआउनु कस्को कमजोरी भन्दै उल्टै अर्को प्रश्न तेर्साए ।
यसरी पैसाकै भरमा न्यौपाने टावरलाई धरापमा पार्न थालिएको छ । स्रोतका अनुसार न्यौपाने टावरका सञ्चालकले जोखिममा परेको घर भत्कन सक्ने भन्दै विभिन्न निकायलाई पैसा समेत खुवाएको बताइएको छ ।











