२८ वैशाख, काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सयौं जहाजको चाप थेगेको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उक्किएपछि झन्डै एक घन्टा विमानस्थल बन्द भएको छ । धावनमार्ग उक्किएपछि सोमबार दिउँसो १ बजेर १९ मिनेटदेखि २ बजेर ८ मिनेटसम्म विमानस्थल बन्द गरिएको हो । कोटेश्वरबाट जहाज अवतरण गर्ने भागको दुई ठाउँ उप्किएपछि विमानस्थल एक घन्टा बन्द भएको थियो । हेलिकोप्टर उडान यथावत भए पनि जहाज उडान–अवतरण पूर्णरूपमा बन्द गरिएका थिए ।











