२८ वैशाख, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासदहरुले कर्मचारीतन्त्रबाट भूकम्पपीडितलाई प्रभावकारीरुपमा राहत वितरण हुन नसकेको धारणा राखेका छन ।
संबिधानसभा भबन नया बानेश्वरमा सोमबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा उनीहरुले हरेक निर्वाचन क्षेत्रमा सभासदहरु सम्मिलित अनुगमन समिति गठन गरे राहत वितरणको कार्य प्रभावकारी हुने विचार राखेका छन ।
जनताको प्रतिनिधिका रुपमा रहेका सभासद्हरुलाई राहत वितरणमा भूमिका नदिएकोमा उनीहरुले आक्रोश पोखेका छन । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले क्षेत्रीय तहमा अनुगमन तथा राहत वितरणको अवस्था बुझ्न र पुनःनिमार्णको काममा सहयोग र्पुयाउन सभासद रहने गरी समिति बनाउन माग आएको बताए ।
आईतबारबाट सुरु भएको बैठक केन्द्रिय सदस्य एवं सभासदहरुले धारणा राख्नेक्रम नसकिएपछि बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।











