२७ वैशाख, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनसुन अघि नै पुनर्स्थापनाको काम सक्न सबैले पहल गर्नुपर्ने बताएका छन् । आइतबार आफ्नै निबास बालकोटमा भूकम्प पिडितहरुको सहयोगार्थ युवा संघका स्वयंम सेवकहरुको विदाइ गर्दै ओलीले मनसुन शुरु भएपछि पिडितको पुनस्थापना झन् कठिन हुने भएकोले सरकार सहित सवैले पिडितको पुर्नस्थापनाको लागी तिव्रताका साथ काम गर्नु आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा विपद् आइपरेको अवस्थामा सबै एक भएर राहतमा जुट्न युवा संघलाई निर्देशन समेत दिए ।
भूकम्प पिडितलाई राहत तथा उद्धारमा संघसंस्था तथा विदेशी मित्र निस्वार्थ भावले लागे पनि केहीले उद्धारको नाममा अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाउनुभयो । यद्यपी उनले केही संघ संस्थाहरुले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा ओलीले युवा संघ नेपालका स्वयंसेवकहरुलाई उद्धारका सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।











