२२ वैशाख, काठमाडौं । गत शनिवारदेखि गएको विनाशकारी भूकम्पका धक्का विस्तारै कम हुँदै गएको छ । मंगलबार भने ३ वटा मात्र धक्का महसुस भएका छन् । । मंगलबार बिहान ६ बजेर ३९ मिनेटमा धादिङ र नुवाकोटको सिमाना भएर ४ रेक्टर स्केलको धक्का गएको थियो । यस्तै दिउँसो ४ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्पको पराकम्प भएको छ भने साँझ ५ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।। अघिल्ला दिनका तुलनामा आज भूकम्पका धक्का कम महसुस भएको छ । सोमबार एकै दिन चार रिक्टर स्केल माथिका नौ वटा भूकम्पका पराकम्प महसुस भएको थियो । गएको वैशाख १२ गते यता चार रेक्टर स्केलभन्दा माथिका १ सय ४३ वटा भूकम्पका पराकम्प महसुस भएको छ । पराकम्प केही कम हुँदै गएकाले अब आत्तिन नपर्ने भुकम्पविद्हरुको भनाई छ ।











