२२ वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा इडीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०१६ को इडीभी नतिजा सार्वजनिक गरिएको हो । २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्मको इडीभी कार्यक्रम अन्तर्गत डीभी भरेकाहरुको नतिजा सार्वजनिक हो । अमेरिकी सरकारले आप्रवासीलाई अमेरिका लैजाने योजनाअनुसार हरेक वर्ष डिभी चिठ्ठाका आधारमा चयन गर्ने गर्दछ ।
डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिनेछ । नतिजा नेपाली समयअनुसार
मंगलबार मध्यरातमा सार्वजनिक हुनेछ भने अमेरिकी समयअनुसार मंगलबार अर्थात् मे ५ को मध्यान्ह १२ बजेपछि मात्र सार्वजनिक हुने छ।
सन् २०१६ का लागि फर्म भरेका व्यक्तिले चिठ्ठा परे नपरेको हेर्नका लागि फर्म स्वीकृत भएको कन्फर्मेसन नम्बर, थर र जन्ममिति आवश्यक पर्दछ । अमेरिकी सरकारको साइट डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर तपाईको कन्फर्मेसन नम्बर, थर र जन्ममिति भरेर आफ्नो चिठ्ठा परेको नपरेको तपाईहरुले जान्न सक्नुहुने छ ।











