१६ वैशाख, काठमाडौं । विपत्तीको फाइदा उठाउँदै कालोबजारी गरीरहेका व्यापारीहरुले आज अनुगनमा गएको अख्तियारको टोलीमाथि नै आक्रमण गरेको छ । विभिन्न राष्ट्रबाट आएको राहत सामग्रीको दुरुपयोग भएको, विभिन्न अनियमितता तथा कालोबजारी, यातायातका साधनले चर्को भाडा असुलेको सम्बन्धमा अनुगमनमा गएको टोलीमाथि व्यापारीहरुले नै आक्रमण गरेको हो ।
चावहिलको बाबा इन्टर प्राइजेजले १५ सय रुपैयाँ पर्ने पाल (टेन्ट) लाई ६ हजार रुपैयाँमा विक्री गरेको भेटिएपछि अख्तियारले
सो पसललाई सिल गर्ने प्रयास गरेको थियो । सिल गर्ने क्रममा स्थानीय व्यापारीहरुले अख्तियार टोलीमाथि हातपात गरेको अख्तियारका प्रेस संयोजक भवानी सुवेदीले जानकारी दिएका छन् ।











