१५ वैशाख, काठमाडौं । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ४,६८० नाघेको छ । उद्धार तथा खोजी कार्य जारी नै रहेकाले मर्नेहरुको संख्या थपिन सक्ने जनाइएको छ ।
९०४३ जना घाइते छन् । सबैभन्दा बढी क्षति काठमाडौं उपत्यका र सिन्धुपाल्चोकमा भएको छ । उपत्यकाका तीन जिल्लामा १ हजार ४ सय ४८ र सिन्धुपाल्चोकमा १ हजार २ सय ५० जनाको निधन भएको छ ।
कयौं व्यक्ति अझै वेपत्ता छन् । मृतक र घाइतेको संख्या बढ्दो अवस्थामा छ । भूकम्पबाट नेपाल, भारत र तिब्बतमा गरी ४६ लाख मानिस प्रभावित भएको अुनमान संयुक्त राष्ट्रसंघले गरेको छ ।
भूकम्पबाट असर परेको राजधानीका तीन जिल्ला र वाग्मती अञ्चलका अरु जिल्लामा उद्धार र राहतको काम भइरहेको छ ।
मानवीय र धनजनको ठूलो क्षति व्यहोरेका जिल्लामा भूकम्पको मूख्य केन्द्र रहेको गोर्खा, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लमजुङ, चितवन रहेका छन् ।
घाइतेहरुको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पतालहरु पनि घाइतेले भरिएका छन् । भूकम्पका कारण हजारौं घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
शनिवारदेखि आज बिहान ५ बजेर ५ मिनेट जाँदासम्म चार रेक्टर स्केलमाथिका भूकम्पका ९८ वटा धक्का महशूस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कुन जिल्लामा कतिको मृत्यु भयो हेर्नुहोस् पछिल्लो विवरण :
कुल मृतक – ४,६८०, घाइते( ९,०७३
उपत्यका -मृतक १४४८ घाइते ४८९६
काठमाडौ १०३९
ललितपुर १५९
भक्तपुर २५०
पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२
भोजपुर -२
सुनसरी- ७
सोलुखुम्बु – २२
ओखलढुङगा – १७
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा- १
सर्लाही -१
नुवाकोट - ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – ५
पर्सा – ४
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१
गोरखा -२५६
कास्की -२
नवलपरासी – १
तनहुँ -१
लमजुङ – ४
मध्यपश्चिम क्षेत्र : मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १











