११ वैशाख, काठमाडौं । नेपालमा रहेका योगगुरु रामदेवको नेपाल दृष्टिबारे नेपाली पत्रकार क्रन्दन चापागाईले अन्तरवार्ता गरेका छन् । बारम्बार नेपाल आएर योग शिविर संचालन गर्नु, यहाँको जडीबुटी भारतमा लैजानु र विभिन्न कलेजहरु संचालन गर्नुमा रामदेवको के स्वार्थ छ भनी पत्रकार चापागाईले सोधेको प्रश्नमा रामदेवले केही राजनीतिक जवाफ समेत दिएका छन् भने जडीबुटीबारेको विवादमा समेत नेपालको सम्मान हुने गरी जवाफ दिएका छन् ।
नेपाल वान टेलिभिजनका लागि चापागाईले लिएको अन्तरवार्तामा उनले वाग्मती सफाइमा सहभागी हुन लागेको कारण बारे समेत खुलाएका छन् ।
शुक्रबार विहान टुँडीखेलमा भने नेपाललाई अध्यात्म राष्ट्र बनाउनुपर्ने धारणा प्रस्तुत गरको रामदेवको नेपाल दृष्टिबारे पत्रकार चापागाईले गरेको प्रश्नको जवाफमा रामदेवले नेपालमा जातीय राज्यका आधारमा संविधान बन्न नहुने धारणा व्यक्त गरे । यहाँको सामाजिक, राजनीतिक, आर्थिक विशेषताका आधारमा राष्ट्रिय एकता र अखण्डता कायम रहने गरी संविधान बन्नुपर्ने जवाफ रामदेवले दिएका छन् ।
नेपालको जडीबुटी विदेश लगेर मुनाफा कमाउने रामदेवको उद्देश्यमाथि प्रश्न उठेको प्रति सोधिएको प्रश्नमा रामदेवले भारतमा जुडीबुटीलेले जुन मूल्य पाएका छन् त्यही मूल्य नेपालका जडीबुटीले पाउने बताए । यहाँका मजदुर र किसानको भलो हुने गरी नै आफूले जडीबुटी खरिद गर्ने र प्रशोधन गर्ने स्पष्टीकरण उनको थियो ।
वाग्मती सरसफाइमा सहभागी हुन लागेको बारे रामदेवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगैको प्रशंग जोडेर केके भने हुर्नुहोस् नेपाली पत्रकार क्रन्दन चापागाईले योग गुरु रामदेवसँग लिएको एक्सक्लुसिभ अन्तरवार्ता :











