१० वैशाख, काठमाडौं । शुक्रबारदेखि काठमाडौँमा सञ्चालन हुने योग शिविरमा सहभागी हुन योग गुरु रामदेव काठमाडौं आइपुगेका छन् । योगगुरु रामदेव बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा ठूलो जनसमूहले स्वागत गरेको थियो ।
रामदेव शनिबारको बागमती अभियानमा पनि सहभागी बन्ने कार्यक्रम रहेको छ । योग शिविरको राष्ट्रपति डा. रामवरण यादवले बिहान पौने पाँच बजे उद्घाटन गर्नुहुने छ ।
पाँच पटक नेपाल आइसकेकका रामदेव धुलिखेल, वीरगञ्ज, जनकपुरलगायतका स्थान जाने कार्यक्रम रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै योग गुरु रामदेवले योग शिविरले रोग र नशामुक्त बन्न सहयोग पुग्ने बताए। योगले मानिसहरुमा सकारात्मक भावना पैदा हुने भन्दै योग गुरु रामदेवले यसले समग्र राष्ट्रलाई नै फाइदा पुग्ने बताए ।











